१. ट्रेड युनियन दर्ताको लागि आवश्यक कागजातहरु के के हुन?

  • संघ दर्ताको निबेदन
  • दस्तुर बुझाएको भौचर
  • अख्तियारी पत्र
  • कार्यसमितिको सदस्यहरुको नामावली( नाम, थर, ठेगाना र सम्पर्क नं.)
  • कार्यसमितिको निर्णयको प्रतिलिपि
  • विधानको ३ प्रति
  • कार्यसमितिका सदस्यहरुको एक वर्ष अविछिन्न सेवा प्रमाणित
  • कार्यसमितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि
  • भेलाजम्माको निर्णयको प्रतिलिपि
  • स्वीकारोक्ति हस्ताक्षर:
  • एकै प्रकृतिको प्रतिष्ठानका कम्तिमा पाँच हजार कामदारहरु
  • प्रतिष्ठान बाहिरका एकै प्रकृतिका उद्योग, व्यापार व्यवसाय वा सेवाका काम गर्ने कम्तिमा पाँचसय जना कामदार वा स्वरोजगारहरु
  • प्रत्येक जिल्लाबाट एक सय जना पर्ने गरी कम्तिमा बीस जिल्लाका पाँच हजार कृषि श्रमिकहरु
  • कम्तिमा पचासवटा प्रतिष्ठानस्तरको ट्रेड युनियनहरु

२. ट्रेड युनियन नवीकरणको लागि आवश्यक कागजातहरु के के हुन?

  • दस्तुर बुझाएको भौचर
  • संघ नबिकरणको निबेदन
  • प्रमाणपत्रको प्रतिलिपि
  • कार्यसमितिको सदस्यहरुको नामावली(नाम,थर,ठेगाना र सम्पर्क नं.)
  • कार्यसमितिको निर्णयको प्रतिलिपि
  • अख्तियारी पत्र
  • कार्यसमितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि(सम्बन्धित सदस्यले सनाखत गरेको हुनु पर्ने)
  • कार्यसमितिका सदस्यहरुको एक वर्ष अविछिन्न सेवा प्रमाणित
  • प्रमाणित विधानको १ प्रति प्रतिलिपि
  • अधिवेशनको माईन्युट
  • लेखा परीक्षण प्रतिवेदन: विगत चार आ.व.को

३. ट्रेड युनियनको विधानमा के के कुरा समावेश हुनुपर्छ?

  • संघको नाम र ठेगाना,
  • संघ स्थापना गर्नुको उदेश्य,
  • कार्यसमितिको गठन विधि र कार्य अवधि बढीमा चार वर्ष हुने,
  • साधारण सदस्यता, पदाधिकारीहरुको संख्या र तिनीहरुको निर्वाचन प्रकृया,
  • एक वर्ष अविछिन्न सेवा गरेको र नेपाली नागरिक कामदार मात्र पदाधिकारीमा निर्वाचित हुन सक्ने व्यवस्था,
  • संघको कोष र त्यसको लेखापरीक्षण सम्बन्धि व्यवस्था,
  • संघको हिसाब किताबको जाँचबुझ तथा र निरीक्षण सम्बन्धि व्यवस्था,
  • पदाधिकारीहरुको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था,
  • संघको साधारण सभा र कार्य समितिको काम,कर्तव्य अधिकार र बैठक सम्बन्धि व्यवस्था,
  • संघको बिधान संशोधन प्रकृया,
  • संघको बिघटन सम्बन्धि व्यवस्था,
  • संघ बिघटन भएपछि संघको सम्पति र दायित्व सम्बन्धि व्यवस्था

४. संघको नाम परिवर्तन वा बिधान संशोधन को लागि चाहिने आवश्यक कागजातहरु के के हुन?

  • निबेदन
  • अधिवेशनबाट पारित भएको निर्णयको माइन्युट
  • अख्तियारी पत्र
  • कार्यसमितिले अख्तियारी दिने र संशोधनको स्वीकृतिको लागि गरेको निर्णयको प्रतिलिपि
  • बिधान संसोधन मस्यौदाको ३ महले वा प्रस्तावित संसोधित बिधान-२ प्रति
  • विभागले प्रमाणित गरेको विधानको प्रतिलिपि

५. ट्रेड युनियन महासंघ दर्ताको लागि आवश्यक पर्ने कागजातहरु के के हुन?

    • महासंघ दर्ता गरिपाऊँ भन्ने निवेदन
    • दर्ता शुल्क बापतको राजस्व दाखिला गरेको भौचर
    • प्रस्तावित महासंघको निर्णयको प्रतिलिपि
    • महासंघको विधान तीन प्रति
    • महासंघ दर्ता गर्ने घटक ट्रेड युनियन संघहरुका अख्तियार प्राप्त पदाधिकारीहरुले महासंघ गठन गर्न आपसी सम्झौताका लागि बसेको बैठकको निर्णयको प्रतिलिपि
    • पदाधिकारीहरुको नामावली
    • दर्ता गर्ने सम्बन्धमा पन्जिधिकारी समक्ष दरखास्त दिने सम्बन्धी कार्य समितिले गरेको निर्णय
    • अख्तियारी पत्र
    • स्वीकारोक्ति गरेको कागज
    • घटक संघहरुको कार्यसमितिले गरेको निर्णयको प्रतिलिपि
    • घटक संघहरुको कार्यसमितिको अख्तियारी पत्र
    • संघहरुको मान्यता अवधि खुलेको प्रमाणपत्रको प्रतिलिपि
    • महासंघका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
    • महासंघका पदाधिकारीहरुको अविछिन्न सेवा प्रमाणित पत्र
    • महासंघको ठेगाना, गठन मिति
    • ट्रेड युनियन महासंघ गठन गर्ने ट्रेड युनियन संघहरुको नाम, दर्ता नं., दर्ता प्रक्रिया, दर्ता मिति, अन्तिम म्याद सहितको विवरण