बारम्बार सोधिने प्रश्नहरू

महासंघ दर्ता गरिपाऊँ भन्ने निवेदन, दर्ता शुल्क बापतको राजस्व दाखिला गरेको भौचर, प्रस्तावित महासंघको निर्णयको प्रतिलिपि, महासंघको विधान तीन प्रति, महासंघ दर्ता गर्ने घटक ट्रेड युनियन संघहरूका अख्तियार प्राप्त पदाधिकारीहरूले महासंघ गठन गर्न आपसी सम्झौताका लागि बसेको बैठकको निर्णयको प्रतिलिपि, पदाधिकारीहरूको नामावली, दर्ता गर्ने सम्बन्धमा पन्जिधिकारी समक्ष दरखास्त दिने सम्बन्धी कार्य समितिले गरेको निर्णय, अख्तियारी पत्र, स्वीकारोक्ति गरेको कागज, घटक संघहरूको कार्यसमितिले गरेको निर्णयको प्रतिलिपि, घटक संघहरूको कार्यसमितिको अख्तियारी पत्र, संघहरूको मान्यता अवधि खुलेको प्रमाणपत्रको प्रतिलिपि, महासंघका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि, महासंघका पदाधिकारीहरूको अविछिन्न सेवा प्रमाणित पत्र, महासंघको ठेगाना तथा गठन मिति, ट्रेड युनियन महासंघ गठन गर्ने ट्रेड युनियन संघहरूको नाम, दर्ता नं., दर्ता प्रक्रिया, दर्ता मिति, अन्तिम म्याद सहितको विवरण

निवेदन, अधिवेशनबाट पारित भएको निर्णयको माइन्युट, अख्तियारी पत्र, कार्यसमितिले अख्तियारी दिने र संशोधनको स्वीकृतिको लागि गरेको निर्णयको प्रतिलिपि, विधान संशोधन मस्यौदाको ३ महले वा प्रस्तावित संशोधित विधान-२ प्रति, विभागले प्रमाणित गरेको विधानको प्रतिलिपि

संघको नाम र ठेगाना, संघ स्थापना गर्नुको उद्देश्य, कार्यसमितिको गठन विधि र कार्य अवधि (बढीमा चार वर्ष), साधारण सदस्यता, पदाधिकारीहरूको संख्या र तिनीहरूको निर्वाचन प्रक्रिया, कम्तीमा एक वर्ष अविच्छिन्न सेवा गरेका नेपाली नागरिक कामदार मात्र पदाधिकारीमा निर्वाचित हुन सक्ने व्यवस्था, संघको कोष र त्यसको लेखापरीक्षण सम्बन्धी व्यवस्था, संघको हिसाबकिताबको जाँचबुझ तथा निरीक्षण सम्बन्धी व्यवस्था, पदाधिकारीहरूको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था, संघको साधारण सभा र कार्यसमितिको काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी व्यवस्था, संघको विधान संशोधन प्रक्रिया, संघको विघटन सम्बन्धी व्यवस्था, संघ विघटन भएपछि संघको सम्पत्ति र दायित्व सम्बन्धी व्यवस्था

दस्तुर बुझाएको भौचर, संघ नवीकरणको निवेदन, प्रमाणपत्रको प्रतिलिपि, कार्यसमितिका सदस्यहरूको नामावली (नाम, थर, ठेगाना र सम्पर्क नं.), कार्यसमितिको निर्णयको प्रतिलिपि, अख्तियारी पत्र, कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि (सम्बन्धित सदस्यले सनाखत गरेको हुनुपर्ने), कार्यसमितिका सदस्यहरूको एक वर्ष अविछिन्न सेवा प्रमाणित कागजात, प्रमाणित विधानको १ प्रति प्रतिलिपि, अधिवेशनको माइन्युट, विगत चार आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन

संघ दर्ताको निबेदन ,दस्तुर बुझाएको भौचर ,अख्तियारी पत्र, कार्यसमितिको सदस्यहरुको नामावली( नाम, थर, ठेगाना र सम्पर्क नं.), कार्यसमितिको निर्णयको प्रतिलिपि, विधानको ३ प्रति, कार्यसमितिका सदस्यहरुको एक वर्ष अविछिन्न सेवा प्रमाणित ,कार्यसमितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि, भेलाजम्माको निर्णयको प्रतिलिपि , स्वीकारोक्ति हस्ताक्षर: एकै प्रकृतिको प्रतिष्ठानका कम्तिमा पाँच हजार कामदारहरु, प्रतिष्ठान बाहिरका एकै प्रकृतिका उद्योग, व्यापार व्यवसाय वा सेवाका काम गर्ने कम्तिमा पाँचसय जना कामदार वा स्वरोजगारहरु ,प्रत्येक जिल्लाबाट एक सय जना पर्ने गरी कम्तिमा बीस जिल्लाका पाँच हजार कृषि श्रमिकहरु , कम्तिमा पचासवटा प्रतिष्ठानस्तरको ट्रेड युनियनहरु