१. श्रम इजाजत कसरी प्राप्त गर्ने?
- ILMIS प्रणालीमा गई Online Registration गर्नुपर्छ।
- कम्पनीको Profile तयार भएपछि प्रत्येक विदेशी नागरिकका लागि छुट्टाछुट्टै आवेदन (Apply) गर्नुपर्छ।
२.श्रम इजाजत लिनको लागी कुन-कुन कागजात बुझाउनुपर्छ ?
श्रम इजाजत लिनको लागि आवश्यक पर्ने कागजातहरुः-
- अनुसूची-१ बमोजिमको निवेदन १ प्रति फोटो र रु १० को टिकट टाँस सबैभन्दा माथि।
- गृह मन्त्रालय (अध्यागमन विभाग) को कार्य सहमति पत्र ।
- सम्बन्धित मन्त्रायलयको सिफारिस।
- राहदनी तथा भिषाको प्रमाणित प्रतिलिपी।
- Bio Data (विदेशी नागरिकले सही छाप गरी)
- सम्बन्धित पदको लागि आवश्यक पर्ने योगयता र विदेशी नागरिकको योगयता सम्बन्धि कागजातहरु
- श्रम इजाजत अवधि थप गर्नुपर्ने भए पूर्व श्रम इजाजत पत्र।
- नया श्रम इजाजतको लागि प्रतिस्थापन योजना/श्रम इजाजत अवधि थप गर्नुपर्नु भए प्रतिस्थापन सम्बन्धि भएको प्रगति विवरण।
- स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र।
- कम्पनी दर्ता प्रमाणपत्र।
- करचुक्ता प्रमाणपत्र ( संस्थाको एंवम श्रम इजाजत अवधि थपको लागि विदेशी नागरिको करचुकता प्रमाणपत्र वा नेपालमा सेवा सुविधा नपाउने भनि सिफारिस गरिएको संस्थाको पत्र।
- नेपाल सरकार (अन्तर निकाय र सम्बन्धित देश वा संस्था बीच भएको सम्झौताको प्रतिलिपी। वा राष्ट्रिय दैनिक पत्रिका प्रकाशित सकक्ल पत्रिका तथा व्यस्थापन समितिको नेपाल नागरिक छनौट हुन नसेको निर्णय।
- श्रम अडिट प्रतिवेदन।
- सामाजिक सुरक्षा कोषमा दर्ता भएको प्रमाणपत्र।
- विदेशी नागरिकको Passport size को फोटो को Soft Copy labourpermitsection@gmail.com मा पठाउनु होला ।
३. Online सेवा भए पनि Hard Copy किन मागिन्छ?
- Online सेवा विभागमा हालै कार्यान्वयन गरिएको र परीक्षण चरणमा रहेको हुँदा आवश्यक कागजातहरूको Hard Copy समेत पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
४. सबै कागजात Upload गर्नुपर्छ भनिन्छ, तर सबै Upload गर्न सकिँदैन नि?
- सबै आवश्यक कागजात Upload गर्नुपर्छ।
- कागजातको Size घटाई (Compress गरी) अधिकतम 1 MB भित्र बनाएर Upload गर्न सकिन्छ।
५. श्रम इजाजत प्राप्त गर्न कति समय लाग्छ?
- आवश्यक सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा भएपछि श्रम इजाजत ३० दिनभित्र जारी गरिन्छ।